लोमान्थाङ पर्यटकका लागि खुल्ला

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार ७ चैत, २०७१

lomanthangजनबोली ७ चैत, मुस्ताङ । (बाक्लो हिमपातका कारण बन्द भएको लोमान्थाङ पर्यटकलाई खुल्ला गरिएको छ ।

बाटोमा जमेको हिउँ पग्लेका कारण पर्यटकहरू लोमान्थाङ जान थालेका छन् । फागुन दोस्रो साता तीन दिनसम्म निरन्तर हिउँ परेका कारण बन्द गरिएको लोमान्थाङ मौसममा सुधार आएका कारण भ्रमण खुल्ला गरिएको अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङका प्रमुख सन्तोष शेरचनले जानकारी दिए ।

“चैत महिना सुरु भएदेखि यहाँ पर्यटकहरू आउन थालेका छन्, बाटोमा हिउँहरू पग्लिसकेको छ, उनले भने । अनौठो भू–बनोट, त्यहाँका जीवनशैली, परम्परा र राजदरबार अवलोकन लागि बर्सेनि हजारौँ पर्यटक लोमान्थाङ पुग्ने गरेका छन् । पैदल र सवारी यात्राबाट पर्यटक लोमान्थाङ आउन थालेको प्रमुख शेरचनले    बताए ।

लोमान्थाङमा तेस्रो मुलुकका नागरिक भ्रमणमा बढी जाने गरेका छन् । मौसममा सुधार भएसँगै लोमान्थाङसहित उपल्लो मुस्ताङका छ गाविसका सर्वसाधारण पनि घर फर्कन थालेका छन् ।

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७