आलु गोदाममा आगलागी

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार ७ चैत, २०७१

udaypurजनबोली ७ चैत, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–२ स्थित गाईघाट बजारको तरकारी बजारको एक आलु गोदाममा गएराति आगलागी भएको छ ।

राति जोगेन्द्र साहको आलु गोदाममा आगलागी हुँदा गोदामघर पूर्णरुपमा जलेर नष्ट भएकोे छ ।

आगलागीबाट झन्डै रु दुई लाख ५० हजार बराबरको क्षति भएको नगर प्रहरी कार्यालय गाईघाटले जनाएको छ ।

आगलागी प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीले नियन्त्रणमा लिएका थिए । रासस

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७