संविधानसभाको बैठक यथाशीघ्र डाकेर प्रक्रिया थाल्नुपर्ने : मन्त्री महत

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार ७ चैत, २०७१

Ram-saran-Mahatजनबोली ७ चैत, चितवन । मन्त्री डा. रामशरण महतले संविधानसभाको बैठक यथाशीघ्र डाकेर संविधान निर्माणको प्रक्रिया थाल्नुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधानसभाको अधिकार हनन गर्ने कसैलाई नभएकाले विवाद मिलाउने नाममा लामो समय संविधानसभा रोक्न नमिल्ने बताए ।

सभाध्यक्षले यथाशीघ्र संविधानसभाको बैठक डाकेर विवाद मिले पनि नमिले पनि त्यहीँबाट टुङ्गो लगाउनुपर्ने बताउँदै उनले भने– “संविधानसभा कमजोर बनाउनु हुँदैन, बैठक डाकेर टुङ्गोमा पुग्नुपर्छ ।” सत्तामा रहेका दल संविधान जारी गर्न जेठ १५ भन्दा टाढा जान नहुने बताउँदै उनले सभामुखलाई बैठक डाक्न आग्रह गरिसकिएको जानकारी दिए ।

सम्बन्धित खबरहरु