प्रचण्ड किन चिन जाँदैछन् ?

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार ७ चैत, २०७१

prachanda-babu1जनबोली ७ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड चीन जाने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा प्रचण्ड चैत ९ गते चीन जान लागेका हुन् ।

उनी सँगै पार्टीका महासचिव कृष्णबहादुर महरा र धर्मपत्नी सीता दाहाल पनि चीनको पश्चिम युनान प्रान्तको कुन्मिन सहरतर्फ जाने प्रचण्डका स्वकीय सचिव चुडामणि खड्काले जानकारी दिए ।

प्रचण्ड दाहाल यही चैत १३ गते स्वदेश फर्कने कार्यक्रम रहेको उनले बताए ।

सम्बन्धित खबरहरु

‘अब बृद्धभत्ता पाँच हजार’
  • बिहिबार ८ असोज, २०७७