छोरीको गर्धन काटेर रगत पिउने यि कस्ती आमा ?

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार ७ चैत, २०७१

एजेन्सी– पत्याउनै नसकिने क्रुर अपराध । भारतको उत्तरप्रदेशकी एक महिलाले छोरा जन्मिने आशमा आफ्नै छोरीको गर्धन काटेर हत्या गरेकी छन् । समाचारअनुसार सहारनपुर, जनपदकी रिना नामकी महिलाले पाँच महिनाकी छोरीलाई बली दिएकी हुन् । प्रहरीको अनुसार महिलाका दुईवटी छोरीको जन्म भइसकेको थियो । ठूली छोरी आफ्ना बाबुका साथमा थिइन् भने पाँच महिनाकी कान्छी छोरी आमाका साथमै थिइन् । तर, अकस्मात छोरी हराएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो ।

child-killed-sarajevo-

छानबिनका क्रममा प्रहरीले रिनामाथि शंका गर्दै उनलाई प्रहरी हिरासतमा लिएको थियो । सुरुमा रिनाले सबै कुरा लुकाउने प्रयत्न गरे पनि पछि आफ्नो नाबालक छोरीको हत्या गरेको स्वीकार गरेकी थिइन् । छोरा नभएकाले रिना चिन्तित भएको छ र छोराको चाहानामा बालिकाको बली दिएको उनले स्वीकार गरेको समाचारमा जनाइको छ । रिनाले पहिले छोरीको गर्दन काटेर रगत पिएको र पछि एकान्तमा लगेर गाडेको प्रहरीलाई बताएकी छन् । प्रहरीले बच्चीको शव निकालेर पोस्टमार्टमका लागि पठाएको छ । अन्धविस्वासमा परेर छोरीलाई बलि दिने उनी अहिले प्रहरी हिरासतमा सजायँ काटिरहेकी छन् ।

सम्बन्धित खबरहरु