सार्थक वार्ता गरी निकास निकाल्न राजनीतिक दलहरुलाई आग्रह : नेम्वाङ

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार ७ चैत, २०७१

Suabsh nembangजनबोली ७ चैत, काठमाडौं । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले सार्थक वार्ता गरी निकास निकाल्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

गिरिजाप्रसाद कोइराला स्मृति सामुदायिक कलेजको दोस्रो स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले दलहरुबीच पछिल्लो समयमा संवादहीनताको अवस्था देखिएको भन्दै चिन्ता व्यक्त गरे ।

देशलाई निकास दिनका लागि परिणाममुखी वार्ता गर्नुको विकल्प नरहेको भन्दखै उनले संविधानसभालाई लामो समयसम्म रोकेर राख्दा राम्रो सन्देश नदिने उल्लेख गरे ।

उनले संविधानका अधिकांश विषयमा सहमति भइसकेको भन्दै बाँकी रहेका विषयमा २४ लगातार छलफल गरेर दलहरु परिणाम निकाल्नुपर्नेमा उनले जोड दिए ।

दलहरु जस्तोसुकै सहमति गर्न पनि सक्षम रहेको भन्दै उनले अहिले सहमति गर्ने नचाहेकाले समस्या सुल्झन नसकेको उल्लेख गरे ।

सम्बन्धित खबरहरु

एक्काइस फरार अभियुक्त पक्राउ
  • सोमबार १२ असोज, २०७७