नयाँ संविधानमा हिन्दी भाषालाई मान्यता दिने प्रावधान राख्ने : उपराष्ट्रपति झा

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार ७ चैत, २०७१

Vice-President-Parmanand-Jhaजनबोली ७ चैत, काठमाडौं । उपराष्ट्रपति परमानन्द झाले नयाँ संविधानमा हिन्दी भाषालाई मान्यता दिने प्रावधान राख्ने प्रयास भइरहेको बताएका छन् ।

अन्तराष्ट्रिय हिन्दी परिषदले शनिबार काठमाडौमा गरेको अन्तक्र्रिया कार्यक्रममा उहाले बिभिन्न राजजीतिक दलहरुले नया संबिधानमा हिन्दी भाषालाई मान्यता दिने प्रावधान राख्न प्रयासरत रहेको बताएका हुन् ।

नेपालको तराई क्षेत्रका ८० हजार नेपाली नागरिकको भाषा हिन्दी भएको उल्लेख गर्दे उपराष्ट्रपति झाले यस भाषालाई सम्मान गरिने बताए । उनले हिन्दी भाषालाई कसरी स्थापित गर्ने भन्ने बिषय भने हिन्दी भाषी नेपालको हातमा रहेको उल्लेख गरे ।

उनले नयाँ संविधानमा नेपालमा बोलिने सबै भाषाको सम्मान हुने खालको प्रतिनिधित्व हुने बिश्वास व्यक्त गरे । कार्यक्रमका अन्य सहभागीहरुले हिन्दी भाषालाई मान्यता दिने व्यबस्था नया संबिधानमा गर्नुपर्ने धारणा राखेका थिए ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७