शिक्षकहरुले स्कुलमै ५७ हजारको रक्सी सेवन गरे

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार ८ चैत, २०७१

Raksiधनगढी । कैलालीको गदरियास्थित जनता उच्चमाविका प्रधानाध्यापकलगायत शिक्षकहरुले स्कुलमै ५७ हजारको रक्सी सेवन गरेको बिल लेखापरीक्षण पास गराएका छन् । २०६९ सालको लेखापरीक्षणमा रक्सी खाएको बिल पास भएको तथ्य अहिले विद्यालयका शिक्षक दुई समूहमा विभाजित भएपछि बाहिर आएको हो ।

प्रधानाध्यापक हरिप्रसाद यादवले मदिराका बिल पास गराएको आरोप अभिभावकले लगाएको अन्नपूर्ण पोस्टमा खबर छ । ‘विद्यालयलाई सरस्वतीको मन्दिर मानिन्छ, विद्यालयबाट पाँच सय मिटरभित्र मदिरा बिक्री गर्न पनि पाइँदैन, तर प्रधानाध्यापकले मदिरा सेवन गरेका बिल पास गराएका छन्,’ अभिभावक चन्द्रबहादुर बोहराले भने ।

२०६९ सालको लेखापरीक्षणमा भोड्का, भर्जिन, जिन, बियर र मासुको गरी ५७ हजार रुपैयाँभन्दा बढीका बिल पास गराइएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७