शान्ति सुरक्षामा तैनाथ नेपाली सेनाका तलब वृद्धि

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार ८ चैत, २०७१

nepali_sena1काठमाडौं । संयुक्त राष्ट्रसंघले द्वन्द्वग्रस्त मुलुकमा तैनाथ नेपाली सुरक्षाकर्मीको पारिश्रमिक फेरि बढाएको छ । गत साता राष्ट्रसंघ सुरक्षा परिषद्ले शान्तिमिसनमा कार्यरत फौजको तीन वर्षे (सन २०१७ सम्मको ) पारिश्रमिक तालिका सार्वजनिक गर्दै मासिक तलब/भत्ता वृद्धि गरेको हो ।

सन् २०१४ जुलाई १ देखि लागू गरिएको प्रतिमहिना १३३२ अमेरिकी डलरलाई २०१५ जुलाई १ देखि १३६५ र २०१६ जुलाई १ देखि १४१० डलर बनाइने तालिकामा उल्लेख गरिएको कारोबारमा खबर छ । यसबाहेक शान्ति सैनिकलाई दैनिक १.२८ डलर अतिरिक्त भत्ता उपलब्ध हुन्छ । बिदाको समयमा जिम्मेवारी निर्वाह गरेबापत प्रत्येक सुरक्षाकर्मीले प्रतिदिन १०.५० डलर भत्ता पाउनेछन् । गत वर्ष सेवा-सुविधा हेरेफेर हुनुअघि १ शान्ति सैनिकले मासिक १०२८ डलर तलब पाउँथे ।

हृातहतियार, गोलीगठ्ठा, बख्तरबन्दलगायत सुरक्षा व्यवस्थापन र रासनलगायत ‘लजिस्टिक’ तर्फको खर्च प्रत्येक ३/३ वर्षमा समायोजन हुँदै आए पनि सन् १९९५ यता भने शान्ति सेना/प्रहरीको पारिश्रमिक बढेको थिएन् ।

सम्बन्धित खबरहरु