कोरियामा तलब बढ्ने

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार ८ चैत, २०७१

map-south-korea-360x270-cb1352148298काठमाडौं । दक्षिण कोरियामा न्यूनतम ज्याला बढाउन चौतफी माग भएपछि चालू आर्थिक वर्षमै केही प्रतिशत बढ्ने संकेत देखिएको छ ।

आर्थिक तथा मूल्यवृद्धिलगायतका विभिन्न सूचकांकका आधारमा न्यूनतम तलब बढाउन देशभर माग भएपछि सरकार लचिलो देखिएको हो । मागअनुरुप तलब बढे स्वदेशी र आप्रवासी न्यून आय भएका २७ लाखभन्दा बढी श्रमिक लाभान्वित हुनेछन् ।

राष्ट्रपति पार्क गनु ह्ये प्रशासनले उपभोक्ता मूल्यमा भएको वृद्धिले न्यून आय भएका मजदुरको जीवनयापनमा कठिनाइ उत्पन्न भएको धारणा राख्दै यो वर्ष थप सात प्रतिशत ज्याला बढाउनुपर्नेमा जोड दिइएको कारोबारमा खबर छ ।

कोरियाका उपप्रधान तथा अर्थमन्त्री चुई ख्वाङ ह्वानले पनि ज्याला बढाइने बताएका छन् । श्रमिक वर्गमा बजार मूल्यको नराम्रो प्रभाव परेको बताउँदै उनले बजार मूल्यअनुसार श्रमिकका मागलाई ध्यान दिनुपर्ने बताए ।

सम्बन्धित खबरहरु