भारतले आफ्नो टिमलार्इ पराजित गरेको आरोप : प्रधानमन्त्री शेख हसिना

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार ८ चैत, २०७१

hasina-17_1ढाका । बंंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले अम्पायरको सहयोगमा भारतले आफ्नो टिमलार्इ पराजित गरेको आरोप लगाएकी छन् ।

विश्वकपको क्वाटर फाइनलमा भारतसँग हारको दोष अम्पायरलार्इ लागिरहेका बेला बंगलादेशी प्रमले समेत अम्पायरसँगको मिलेमतोमा आफ्नो टिमलार्इ भारतले हराएको बताएकी हुन् ।

अम्पायरको सहयोगमा भारतले बंगलादेशलार्इ हराएको कुरा दुनियाँले देखेको जनाउँदै प्रम हसिनाले बंगलादेशी क्रिकेट बोर्डका अध्यक्ष नजमुल हसन र खेलाडीलार्इ फोनबाट शनिबार बधार्इ समेत दिएकी छन् ।

अस्ट्रेलियमा बस्दै आएका बंगलादेशी नागरिकले राष्ट्रिय टिमका लागि मेलबर्नमा गरेको कार्यक्रममा प्रधानमन्त्री हसिनाले खेलाडीलार्इ बधार्इ दिँदै आफूहरुले हारेको नभइ हराइएको समेत बताइन् । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु