जन्मियो बाहिरै मुटु भएको बच्चा

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार ८ चैत, २०७१

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज मुटु बाहिर भएको शिशुको जन्म भएको छ । झापा बनियानी–४ की श्रुति कार्की दाहालले बिहान ५ बजेर ५ मिनेटमा जन्माएको उक्त शिशुको मुटु शरिर बाहिरै रहेको छ । चारदिन अघि सुत्केरी व्यथा लागेर प्रतिष्ठानमा उपचारका लागि ल्याइएकी श्रुतिको शल्यक्रियामार्फत बच्चा निकालिएको हो । कार्कीको शल्यक्रिया प्रतिष्ठानका डा रमेश श्रेष्ठले गरेका थिए । मुटु बाहिर रहेको शिशुको तौल दुई किलो ४०० ग्राम रहेको छ । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

heart-outside-body3

सम्बन्धित खबरहरु