एघारवर्ष अगाडि बेनीको त्यो दिन…

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार ८ चैत, २०७१

Beniम्याग्दी । चारैतिर पहाडले घेरेको खोपिल्टो जस्तो बेनीमा पश्चिमबाट पूर्वबग्ने म्याग्दी नदीको किनारामा जिल्ला विकास समिति, जिल्ला प्रशासन र प्रहरी कार्यालयका छतमा भ्यू टावरहरु छन् ।

यी टावर प्राकृतिक सौदर्य वा सदरमुकामको दृश्यालोकन गर्न बनेका होइन, सैन्य बंकरका अवशेष हुन ।
‘युद्ध स्तम्भ’ लाग्ने यी भवनका यी बंकरले बेनीबासीलाई त्यो चैत ७ गतेको त्रासदीपूर्ण रात सम्झाई रहन्छ । माप्रा बसेको घाउ कोट्याएर रगत निक्ले जस्तै ।

त्यो रात कालो थियो वा रातो रु तर्क आआफ्ना होलान । तर ०६० चैत ७ गतेको रात बेनीबासीका लागि भने विर्सनै नसक्ने त्रासदीपूर्ण विगत हो ।

बेनी आक्रमणको ११ बर्षमा जिल्लाबासीले त्रासदीपूर्ण विगतको स्मरण गरे । स्थानीय शान्ति समितिको नेतृतमा बेनी आक्रमणमा ज्यान गुमाएका मृतात्मको शान्तिको कामना गर्दै र्या ली गरे ।

‘फेरी यस्तो नहोस्’ भन्ने कामनासहित फोटो पत्रकार अमर बानियाँले भिडन्तपछिको कारुणिक परिस्थिति स्मरण गराउने फोटो पर्दशनी बेनी आक्रमणमा खुट्टा गुमाएका पीडित कृष्णलाल श्रेष्ठले उद्घाटन गरे ।

बेनी आक्रमणको स्मृति सभामा सवै राजनैतिक दल, प्रहरी, सेना, प्रशासन र सर्वसाधारणको सहभागीता रहेपनि चन्द नेतृत्वको नेकपा माओवादी भने सहभागी भएन ।आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७