देशका प्रमुख सहरहरुमा सौर्य बत्ती

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार ८ चैत, २०७१

Solar Electricityकाठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशका प्रमुख सहरहरुमा पनि सौर्य सडक बत्ती जडान प्रक्रिया सुरु गरेको छ ।

काठमाडौं उपत्यकाबाहिर विराटनगर, वीरगञ्ज, पोखरा र धनगढीमा सौर्य सडक बत्ती जडान प्रक्रिया सुरु गर्ने लागेको हो ।

आयोजनाको ठेकेदार कम्पनी चाईना लाइटलाई रकम भुक्तानी गर्ने भरपर्दो आधारका रुपमा प्रतितपत्र (लेटर अफ क्रेडिट) तयार गर्ने काम भइसकेकोले अब उक्त आयोजना अघि बढ्ने प्राधिकरणको ग्राहक तथा वितरण सेवा निर्देशनालयका सहायक प्रबन्धक विजय चौधरीले बताए।

‘२ दिनअघि मात्र एलसी खोल्ने काम पूरा भएको छ’,सहायक प्रबन्धक चौधरीले भने, ‘अब आयोजना अघि बढ्छ।’

एलसी खोलेको ५ महीनाभित्रमा ठेकेदार चाइनालाईटले आयोजनाका लागि आवश्यक सौर्य प्यानल, बत्ती, व्याट्री, तार लगायतका आवश्यक उपकरण उत्पादन गरिसक्ने सम्झौता पत्रमा उल्लेख छ। आजको नागरिकमा समाचार छ ।

सम्बन्धित खबरहरु

दुर्घटनामा ४ जनाको मृत्यु
  • सोमबार ५ असोज, २०७७