राडार र बेलुनले बताउने छ, मौसमका कुराहरु

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार ८ चैत, २०७१

काठमाडौं । जमिनमा राखिएका सामान्य उपकरण हेरेर मौसम भविष्यवाणी हुँदै आएको नेपालमा अब अत्याधुनिक वैज्ञानिक उच्च प्रविधिको राडार र बेलुनले बताउने भएको छ, मौसमका कुराहरु । यो यस्तो प्रविधि हो, जसले बादलमा पानी पार्ने वाष्प कति छ भनेर मात्रै बताउँदैन, कहाँ कति पानी पर्छ ? असिना पर्छ कि पर्देन रु सबै प्रष्ट पार्नेछ । त्यत्ति मात्र होइन कुहिरो र चट्याङको समेत भविष्ष्वाणी गर्नेछ । तीव्र तयारी भइरहेको यो प्रविधि र उपकरणलाई आगामी आर्थिक बर्षबाट मात्र प्रयोगमा ल्याइनेछ । सार्कको स्ट्रोम प्रोगाम अन्तरगत जल तथा मौसम विज्ञान विभागले डेढ करोड रुपैयाँ लागतमा रेडियो सोन्डे नामको बेलुन जस्तै उपकरण सहित प्रविधि अपनाउन लागेको हो । आजको कान्तिपुरमा समाचार छ । Radar-hatzerim-1-1

सम्बन्धित खबरहरु