कांग्रेस महाधिवेशन चुलिएपछि, कांग्रेस सभापति कोइरालालाई चटारो

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार ८ चैत, २०७१

Congress adhibeshanकाठमाडौं । प्रधानमन्त्री सुशील कोइरालालाई संविधानमा सहमति जुटाउन जति कठिन छ, त्यो भन्दा पनि बढी मुस्किल परेको छ कांग्रेसभित्रको आन्तरिक व्यवस्थापन गर्न ।

भदौ २४ गतेदेखि २८ गतेसम्म हुने १३ औं महाधिवेशनको सरगर्मी चुलिएपछि पार्टी सभापतिसमेत रहेका कोइरालालाई चटारो परेको छ ।

वरिष्ठ नेता शेरबहादुर देउवा सभापतिका लागि मात्रै केन्द्रित भइरहेका बेला संस्थापन पक्षका नेताहरु भने पदाधिकारीमा एकपछि अर्को आकांक्षी देखिन थालेकाले आफ्नै पक्षका नेतालाई व्यवस्थापन गनु कोइरालाका लागि चुनौती बनेको हो ।

त्यसैले कोइराला महाधिवेनअघि जसरी पनि संविधान जारी गर्नुपर्ने निचोडमा पुगेका छन्, त्यो पनि पुनः सभापतिको बलियो दाबेदार बन्न । सुशीलदामा पुनः सभापति बन्ने चाहना रहेको देखिन्छ ।

महाधिबेशन अघि संविधान जारी भएमा त्यसको लोकप्रियतामा बरिष्ठ नेता शेरबहादुर देउवालाई स्वत पराजित गर्नसक्ने उहाँको विष्लेषण छ । कोइरालाका सहयोगिको बुझाई यस्तो रहेको छ । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७