राष्ट्रपति यादवद्वारा शिर्षस्थ नेतासँग संविधान लेखनबारे जानकारी लिने

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार ८ चैत, २०७१

rambaran yadavजनबोली ८ चैत, काठमाडौं । राष्ट्रपति डाक्टर रामवरण यादवले संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरुसँग संबिधान लेखनका बिषयमा भईरहेको प्रगतीका बिषयमा जानकारी लिने भएका छन् ।

त्यसका लागी राष्ट्रपति यादवले संबिधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ सहित संबिधानसभामा प्रतिनिधित्व गर्ने सवै दलका शीर्षनेताहरुलाई आज अपरान्ह शितल निवास बोलाएका छन् ।

छलफलमा प्रमुख तीन दलका तर्फबाट भने अध्यक्षसहित तीन/तीन जनालाई आमन्त्रण गरिएको छ ।

नेपाली काँग्रेसका तर्फबाट प्रधानमन्त्री एवं सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाललाई बोलाइएको छ ।

यस्तै, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , वरिष्ठ नेता डाक्टर डा. बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई आमन्त्रण गरिएको छ ।

राष्ट्रपति यादवको यही चैत १२ गते देखि १८ गतेसम्म हुन लागेको चीन भ्रमणलाई केन्द्रित गरेर दलहरुलाई छलफलका लागि आमन्त्रण गरिएको हो ।

छलफलमा राष्ट्रपतिले संविधान निर्माण प्रक्रिया अघि बढ्न नसकेकोबारे नेताहरुको ध्यानाकर्षण समेत गराउने तयारी गरेका छन् ।

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७