वैद्य रिझाउन प्रचण्डको विहानी भेटवार्ता

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार ८ चैत, २०७१

Baidhya Prachandaजनबोली ८ चैत, काठमाडौं ।एकीकृत नेकपा माओवादी र नेकपा–माओवादीका शीर्ष नेताबीच पार्टी एकताका विषयमा आज पनि छलफल भएको छ ।

माओवादी पार्टी कार्यालय, बुद्धनगरमा जारी छलफलमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेता डा बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा र सचिव टोपबहादुर रायमाझी तथा माओवादीका तर्फबाट अध्यक्ष मोहन वैद्य, उपाध्यक्ष सिपी गजुरेल, महासचिव रामबहादुर थापा र सचिव देव गुरुङ सहभागी छन् ।

केही दिनअघि एमाओवादी अध्यक्ष दाहाल र अध्यक्ष वैद्यको नेतृत्वमा दुवै दलले एकताका लागि वार्ता समिति गठन गरेपछि आज छलफल भएको हो ।

बिहान ८ बजेदेखि सुरु भएको छलफल अहिले पनि जारी छ ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७