ऐतिहासिक पोखरी जोगाउन भक्तपुरका नेताहरु अग्रसर

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार ८ चैत, २०७१

Kamal pokhari bhaktapurजनबोली ८ चैत, भक्तपुर । सार्वजनिक रुपमा रहेको ऐतिहासिक पोखरीलाई जोगाउन भक्तपुरका नेताहरु नै अग्रसर भएका छन् ।

शनिबार मध्यपुरथिमिको बोडेमा ऐतिहासिक कमल पोखरी संरक्षण समितिले आयोजना गरेको बृहत् भेलामा सहभागी नेताले पोखरीलाई सार्वजनिक रुपमै फर्काउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् सभासद् नारायणमान बिजुक्छे, नेपाली काँग्रेसका केन्द्रीय सदस्य मनमोहन भट्टराई, काँग्रेसका सभासद् रामेश्वर ढुङ्गेल, नेमकिपाका सभासद् प्रेम सुवाल र अनुराधा थापा मगरले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्  ।

त्यसैगरी नेकपा(एमाले)भक्तपुर अध्यक्ष राजेन्द्र राजथला, एकीकतृ नेकपा(माओवादी(का जिल्ला नेता कृण्णलाल गोजा श्रेष्ठ, नेमकिपाका जिल्ला अध्यक्ष रमेश थापा श्रेष्ठ, नेकपा–माओवादीका बुद्धिकृष्ण श्रेष्ठ, नेकपा(माले)का भक्तपुर अध्यक्ष अदीप खड्का, राप्रपाका जिल्ला सचिव नरगोविन्द शङ्खदेव, राप्रपा नेपालका रामेश्वर थापालगायतले ऐतिहासिक पोखरीमा कुनै संरचना बनाउन नदिने प्रतिबद्धता जनाए  ।

काँग्रेस भक्तपुर जिल्ला सभापति एवम् समितिका संयोजक गणेशमान चक्रधर र नगरपालिकाका पूर्वप्रमुख मदनकृष्ण श्रेष्ठलगायतले कमलपोखरीको संरक्षण गर्न जस्तोसुकै त्याग गर्ने र त्यहाँ कसैलाई पनि संरचना बनाउन नदिइने बताए । नगरपालिकाका कार्यकारी अधिकृत अञ्जन न्यौपानेले नगरपालिकाले नगरभित्रको सार्वजनिक जग्गा संरक्षण गर्न सक्दो काम गर्ने बताए ।

मध्यपुरथिमि नगरपालिका –१ बोडेमा रहेको १५ रोपनी नौ आना क्षेत्रफलमा फैलिएको ऐतिहासिक पोखरी अहिले व्यक्तिको नाममा लगेर सात जनाले किनबेच गरिसकेको थाहा पाएपछि स्थानीयवासी र नेताहरु नै पोखरी जोगाउन लागेका   हुन् । विसं २०२१ को नापीमा समेत सार्वजनिक पर्ती जग्गा जनिएको कमलपोखरीमा फूलेको फूल हरेक वर्षको दसैँमा बोडेको लायकू दरबारमा हुने कोत पूजा र नीलबाराहीको नाचमा चढाइने परम्परा छ ।

स्थानीयवासीले सो पोखरीलाई पानी घाट, सिँचाइ, गाईवस्तुको आहाल र आगलागीका समयमा आगो निभाउनेजस्ता काममा प्रयोग गर्दै आएका छन् । सार्वजनिक पोखरी व्यक्तिको नाममा लगेर किनबेच भएपछि पोखरी पुर्न डोजर आएपछि मात्रै पोखरी बिक्री भएको थाहा पाएकाले स्थानीयवासीले पोखरी पुर्न नदिएको चक्रधरले बताए ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७