कस्तो टुथपेष्टले दाँत माझ्नु पर्छ ?

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार ८ चैत, २०७१

स्वस्थ्य जीवनयापनका लागि दैनिक दुई पटक फ्लोराइडयुक्त टुथ पेस्टले दाँत माझ्न चिकित्सकले सुझाव दिएका छन् । नेपाल डेन्टल एसोसिएसनले विश्व मुख स्वास्थ्य दिवसका अवसरमा आज वसन्तपुर डबलीबाट निकालेको जनचेतनामूलक पदयात्राको शुभारम्भ गर्ने क्रममा नेपाली काँग्रेसका नेता डा तथा चिकित्सक शेखर कोइरालाले सरकारी निकायबाट मुख स्वास्थ्य क्षेत्रमा धेरै कम सहयोग भएको बताउँदै जिल्ला अस्पतालदेखि अञ्चल अस्पतालसम्म दन्त चिकित्सकको दरबन्दी वृद्धि गर्नुपर्ने सुझाव दिए ।Fluoride_Toothpaste_W_Toothbrushtooth-power

which-toothpaste-is-best

एसोसिएसनका अध्यक्ष डा सुप्रभात श्रेष्ठले र मुख तथा दन्त स्वास्थ्य समस्या देखिए नेपाल मेडिकल काउन्सिलबाट मान्यताप्राप्त दन्त चिकित्सकबाट मात्रै उपचार गराउनुपर्ने बताए । भने सचिव सुविन मास्केले सरकारी निकायले दुर्गममा जान चाहने चिकित्सकलाई सहुलियतमा ऋण उपलब्ध गराउन सकेमा दन्त चिकित्सा क्षेत्रमा देखिएको समस्या धेरै हल हुने विश्वास व्यक्त गरे ।tooth paste

देशमा करिब ९० प्रतिशत दन्त चिकित्सा सेवामा निजी क्षेत्रले योगदान गरेको बताइएको छ । सो पदयात्रा नयाँ सडक, रत्नपार्क, जमल, इन्द्रचोक हुँदै पुनः वसन्तपुर पुगेर समापन भएको थियो । प्रत्येक वर्ष २० मार्चमा अन्तर्राष्ट्रिय रुपमा सो दिवस मनाइन्छ ।

सम्बन्धित खबरहरु

मृत श्रीमतीको लाशसँग ६ रात !
  • मङ्गलबार ६ असोज, २०७७
तयार रहनुहोस् : हुने भयो परीक्षा
  • मङ्गलबार ६ असोज, २०७७