नायिका भन्न लाज लाग्छः माल्भिका सुब्बा

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार ८ चैत, २०७१

चियर्स नेपालको आयोजनमा त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा भएको ‘चियर्स टक्स’ मा सहभागिता जनाएकी पूर्व मिस नेपाल माल्भिका सुब्बाले आफ्ना केही ब्यक्तिगत कुराहरु खोलकी छन् । नारी भएर के–कस्ता समस्या भोगे÷आए त्यो केही तिता मिठा कुरा पनि पोखेकी थिईन् । ‘महिलाहरुको जुनसुकै क्षेत्रमा पनि सहभागिता कम छ ।’ उनले भनिन्,–‘महिलाहरुले आफ्नो अधिकार आँफै लिन सक्नु पनि पर्छ ।’ सामाजिक कार्यलाई आफ्नो मुख्य कार्य बताउने सुब्वाले सोही अवसरमा पहिलो स्टेज कार्यक्रम गर्दा ५ हजार मात्र लिएकी र आफु सरहका अन्य मित्रहरुले बढी पारिश्रमिक लिने गरेको गुनासो पोखिन् । पछि आफ्नो क्षमता अनुसारको पारिश्रमिक पाउनुपर्ने माग राखेपछि र अहिले एक सफल ट्रेनर र उद्घोषक बन्न सफल भएको रहस्य खोलिन् । उनलाई अहिले बिहे गरे पछि नानीको आमा बन्नुपर्दैन र के यता उता हिडिरहको जस्ता प्रश्न आउने गरेको पनि बताइन् । सुब्बाले आँफुलाई नायिका भन्न लाज लाग्ने पनि बताइन् । ‘क्यामरामा खासै आउन मन नपर्ने बताउने सुब्बाले  केही फिल्म खेले पनि म्युजिक भिडियोहरु खेल्न छाडेको ५ वर्ष भएको समेत बताइन् । उनी कलाकारितामा कम रुचि भएकाले क्यामरामा कम देखिन रुचाउने सेलीब्रटी मध्येका एक कलाकार हुन् ।

malvika-_subba

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७