एस्.एल्.सी दिन खेताला लगाएपछि…

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ९ चैत, २०७१

SLC 3काठमाडौं । सबिन रानामगरले काठमाडौंको बैश्नवी खुल्ला विद्यालयबाट एसएलसीको परीक्षा फारम भरे । उनकै नाममा शिक्षा कार्यालयले प्रवेश पत्र पनि जारी गर्यो ।

उनको परीक्षा केन्द्र काठमाडौंको बालुवाटार स्थित महेन्द्र उच्च माध्यमिक विद्यालयमा पर्योा । उनी जस्तै परीक्षा दिने पौने ६ लाख विद्यार्थी आफै परीक्षाको तयारी गर्दै थिए ।

उनी चाहि अरुले परीक्षा दिएर पास हुने चक्करमा लागे । अनि उनले थानकोटका सञ्जय कार्कीलाई परीक्षा दिन लगाए । कार्कीकै नाममा नक्कली प्रवेशपत्र बनाए ।

योजना अनुसार कार्कीलाई बिहीबार भएको अंग्रेजी र शुक्रबारको अनिवार्य नेपाली बिषयको परीक्षा दिन लगाए ।

यसअघिको जस्तै आइतबारपनि अनिवार्य गणितको परीक्षा दिन कार्की परीक्षा हलमा छिरे । जब उनी प्रश्न हातमा लिएर उत्तर लेख्दै थिए ।

सानोठिमी स्थित परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारे र उप नियन्त्रक अनुपम श्रेष्ठ बीच पनि उनलाई नियन्त्रणमा लिने बिषयमा छलफल चलिरहेको थियो ।

नियन्त्रक द्वारे भक्तपुरको परीक्षा केन्द्र अनुगमनमा निस्किए । श्रेष्ठलाई महेन्द्र उच्च मावि केन्द्रमा पठाए । कार्कीले अर्काकै परीक्षा दिइरहेको कार्यालयमा बिशेष सुराकी आएको थियो । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु