चैत १५ गते भित्रमा सहमति गर्न आग्रह : भट्टराई

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ९ चैत, २०७१

Baburamकाठमाडौं । एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईले संविधानका विवादित अन्तर्वस्तुमा चैत १५ गते भित्रमा सहमति गर्न आग्रह गरेका छन् ।

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग आइतबार सिंहदरबारमा भेट गरी भट्टराईले आन्दोलनको चरणमा प्रवेश गरेपछि मुलुक मुठभेडमा जान सक्ने बताउँदै १५ गतेभित्रै सहमति गर्नुपर्ने बताएका थिए।

‘उहाँ भट्टराई ले चैत १५ गतेसम्म सहमति भए पनि हुन्छ भन्ने कुरा गर्नुभयो’, भेटपछि सभाध्यक्ष नेम्वाङले भने । यसअघि सभाध्यक्ष नेम्वाङले चैत ११ गतेभित्र सहमति गर्न दलहरूलाई आग्रह गरेका थिए ।

नेम्वाङसँगको भेटपछि नेता भट्टराईले संविधानसभामा माघ ११ गते सुरु भएको बहुमतीय प्रक्रिया स्थगन गरी सहमतिको बाटोमा अघि बढ्नुपर्ने बताए।

‘चैत १५ पछि सरकारका कामकारबाही नै ठप्प पार्नेसम्मका आन्दोलनका कार्यक्रम तय छन्’,भट्टराईले सञ्चारकर्मीसँग भने, ‘यो बीचमा सहमतिको प्रयास गर्नुपर्छ। सभाध्यक्षले कसरी सोच्नुभएको छ भन्ने कुरा मैले अघि सारेको थिएँ।’ आजको नागरिकमा समाचार छ ।

सम्बन्धित खबरहरु