grihaकाठमाडौं । गृह मन्त्रालयले ३० दलीय मोर्चाद्वारा घोषित आन्दोलन असफल बनाउन क्षेत्रीय प्रशासक र सुरक्षा संगठनका प्रमुखलाई निर्देशन दिएको छ ।

गृहले पाँच विकास क्षेत्रका प्रशासक र सुरक्षा प्रमुख तथा उपत्यकाका सुरक्षा प्रमुखलाई मन्त्रालयमा बोलाएर एकीकृत नेकपा माओवादी नेतृत्व मोर्चाद्वारा घोषित आन्दोलन प्रभावहीन बनाउन निर्देशन दिएको हो।

मोहन वैद्य नेतृत्व नेकपा–माओवादी र नेत्रविक्रम चन्द नेतृत्व नेकपा माओवादी तथा मोर्चाले छुट्टाछुट्टै आमहडताल घोषणा गरेपछि गृहमन्त्री वामदेव गौतमले आइतबार मन्त्रालयमा विशेष सुरक्षा बैठक राखेर पाँचै क्षेत्रको सुरक्षा अवस्था र सम्भावित चुनौतीबारे जानकारी लिएका थिए। आजको नागरिकमा समाचार छ ।

सम्बन्धित खबरहरु