चिट चोर्न नपाएको झोंकमा परीक्षा केन्द्रमै आक्रमण

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ९ चैत, २०७१

panikaसुर्खेत । चिट चोर्न नदिएको भन्दै विद्यार्थी र अभिभावकहरुले दैलेखको एक परीक्षा केन्द्रमा आक्रमण गरेका छन् ।

विद्यार्थी र स्थानीयले एकाएक परीक्षा केन्द्रमा ढुङ्गामुडा गरेपछि आइतबार दैलेखको नौमूलेमा रहेको भैरव उच्च मावि परीक्षा केन्द्र तनाव भयो ।

अनिवार्य गणितको परीक्षामा कडाइ गरी चिट चार्न नदिएको भन्दै परीक्षार्थी र उनीहरुका अभिभावकले ढुङ्गामुडा गरेका थिए ।

विद्यार्थी र अभिभावकहरुले आक्रमण थालेपछि प्रहरीले त्यसलाई रोक्न खोज्दा स्थिति तनावपूर्ण बनेको थियो ।

परीक्षा सकिएपछि परीक्षा हलबाट निस्केका विद्यार्थीले केन्द्राध्यक्ष र निरीक्षकमाथि ढुङगामुडा गरेका थिए । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु