विद्यालयबाट गैरकानुनी असुली

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ९ चैत, २०७१

moneyपाल्पा । जिल्ला शिक्षा कार्यालय पाल्पाले एसएलसी परीक्षा स्ञ्चालनको नाममा विद्यालयबाट गैरकानुनी असुली गरेको खुलेको छ । शिक्षा कार्यालयले अनुगमनको नाममा ५० जनासम्म विद्यार्थी भएका विद्यालयलाई एक हजार पाँच सय र ५० भन्दा बढी विद्यार्थी भएका विद्यालयहरुसँग दुई हजार रुपैयाँ उठाएको खुलेको हो ।

एसएलसी परीक्षा सञ्चालनका लागि शिक्षा कार्यालयलाई सरकारले नै बजेट विनियोजन गर्ने गरेको छ । तर, जिल्ला शिक्षा कार्यालय पाल्पाले एक सय तीनवटा सामुदायिक विद्यालय र १३ निजी विद्यालयबाट करिब दुई लाख रुपैयाँ उठाएको नयाँ पत्रिकामा खबर छ । विद्यालयले केन्द्राध्यक्षलाई बुझाएको रकमको शिक्षा कार्यालयले कुनै रसिद दिएको छैन् ।

विद्यालयले तोकिएको रकम नदिँदासम्म प्रवेशपत्र नदिन मौखिक निर्देशन दिएपछि केन्द्राध्यक्षले विद्यालयका प्रधानाध्यापकलाई फोन गरेरै रकम ल्याउन निर्देशन दिएका थिए । जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठले भने आफूहरुले जबर्जस्ती रकम नउठाएको बताएका छन् । विद्यालयले सहयोग गछौं भनेकाले आफूहरुले नाइँ नभनेको श्रेष्ठको भनाइ छ ।

सम्बन्धित खबरहरु