सोमवार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिका

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ९ चैत, २०७१

राजधानीबाट सोमवार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.चिरञ्जीवी नेपालले पद तथा गोपनियताको सपथ लिएको खबर प्राथमिकताका साथ छापेका छन् ।

कारोबार दैनिकमा गभर्नरको सपथ र पदबहालीः ५ वर्षभित्र वित्तीय रुपमा सुरक्षित, निचगढ विमानस्थल नबने होटलको ४३ अर्ब जोखिममा, तयारी नहुँदा फेरि खल्तीकै आयोजना पर्ने जोखिम, सुस्त आर्थिक वृद्धिले विकासशीलमा पुग्न समस्या, भन्सारका कर्मचारीको छुट्टै पोसाक, सवारी साधनको मूल्य सात प्रतिशत बढ्यो लगायतका खबर छन् ।

अभियान दैनिकमा नवनियुक्त गभर्नरको पदबहाली, होलमा सीजी, एनई र समिटको ७ अर्ब लगानी, ऐनविपरित खाद्यान्न खरीद र ढुवानी, प्रयोगविहीन सिमकार्ड ६ महिनापछि स्वतः निष्क्रिय, एलिभेटरको मूल्य ८० प्रतिशतसम्म बढ्यो, कोइलाबास नाका नियमित गर्न पहल लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा सुशासनमा सम्झौता हुँदैनः गभर्नर, अनिर्णयको बन्दी बन्यो तामाकोसी आयोजना, थाईको जहाजमा चरा ठोक्कियो, भक्तपुर-नगरकोट सडक विस्तार हुने, आरएनआर हेरिटेज र समिट ग्रुपबीच सहकार्य, वैदेशिक रोजगारीमा जाने घटे लगायतका खबर छन् ।

नागरिक दैनिकमा बिनाटेन्डर आठ वर्षदेखि धान खरिद, इमाडोलमा यसैवर्ष ग्यास परीक्षण, निगमको ग्राउन्ड हृयान्डलिङ सेवा, ४० जिल्लामा ब्यवसायिक बाख्रापालन कार्यक्रम, चलखेलले तामाकोसी आयोजना संकटमा, आन्तरिक पर्यटकलाई ‘सस्तो प्याकेज’ लगायतका खबर छन् ।

आर्थिक दैनिकमा राष्ट्र बैंकका नयाँ गभर्नर नेपाललाई फसाउने अन्नपूर्ण होटलको तयारी, गभर्नर नेपालद्वारा पदबहाली, उप्रेतीका कारण राष्ट्रिय सहकारी बैंकका प्रवन्धसञ्चालक गुरागाईँद्वारा राजिनामा, रासायनिक मल कारखाना स्थापनाका लागि अझै एक वर्ष लाग्ने लगायतका खबर छन् ।

eco17

eco2

eco3

eco-4

eco-5

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७