इमाडोलमा उत्खनन् भइरहेकेा ग्यास यसै आर्थिक वर्षमा परीक्षण गरिने

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ९ चैत, २०७१

NepalLalitpurDistrictmapकाठमाडौ । ललितपुर इमाडोलमा उत्खनन् भइरहेकेा ग्यास यसै आर्थिक वर्षमा परीक्षण गरिने भएको छ ।

तीन सय ५० मिटर गहिराइसम्म उत्खनन गर्दा प्रयोग हुने देखिएको ग्यासको ग्यासको फ्लो कति छ भने भनेर जाँच्न लागिएको हो । उपयुक्त फ्लो भएमा प्रयोगमा ल्याइने खानी तथा भू-गर्भ विभागले जनाएको छ ।

गत वर्ष भदौमा ग्यास उत्खनन सकिए पनि ‘सेपरेटर’ राख्न नसक्दा ग्यास परीक्षण हुन सकेको थिएन । सेपरेटर मेनिस राख्न नसक्दा काम ढिला भइरहेको थियो,’ विभागका प्राकृतिक ग्यास तथा कोइला शाखा प्रमुख लोकविजय अधिकारीले भने, ‘अहिले यो मेशिन राख्ने तयारी भइरहेको छ ।’ सेपरेटर ग्यास र पानी छुट्याउने मेसिन हो, नागरिक दैनिकमा खबर छ ।

ग्यास उत्खननको डेक्क दिँदा सेपरेटर मेसिन र यसको इन्स्लेसनको बजेट नछुट्टएिकोले लामो समय काम हुन नसकेको अधिकारीले बताए । विभागको आन्तरिक बजेटबाट मिलाएर मेशिन तयार गरेको उनले जानकारी दिए । ग्यासको उत्खनन एसियन डि्रलिङ कम्पनीले गरिरेको छ ।

प्रारम्भिक चरणमा ग्यासको अवस्था राम्रो देखिएको कम्पनीले जानकारी दिएको छ । प्रारम्भिक चरणमा देखिए अनुसारको ग्यास पछि  पनि भयो भने प्रयोग गर्नका लागि उपयुक्त हुने कम्पनीको भनाइ छ । निजी कम्पनीलाई दिने लामो प्रयास सफल हुन नसकेपछि खानी तथा भूगर्भ विभाग आफैले उत्खनन सुरु गरेको थियो ।

सम्बन्धित खबरहरु