वाहब रियाज र अष्ट्रेलियाका शेन वाटसनलाई जरिवाना

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ९ चैत, २०७१

riaz-watsonअन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पाकिस्तानका वाहब रियाज र अष्ट्रेलियाका शेन वाटसनलाई जरिवाना गरेको छ ।

शुक्रबार एडिलेटमा भएको क्वार्टरफाइनलका क्रममा वाहब र वाटशनबचि विवाद भएको थियो ।

आईसीसीले विज्ञप्ति जारी गरी दुबै खेलाडीले आईसीसी आचार संहिताको लेभल वान उल्लंघन गरेको पाइएको बताएको छ । वाटशनलाई खेल शुल्कको १५ प्रतिशत र वाहबलाई ५० प्रतिशत जरिवाना गरिएको छ ।

यो घटना अष्ट्रेलियाको पारीको ३३ औं ओभरमा भएको थियो । अम्पायरको निर्देशनका बावजूद वाटशन वाहबसँग बहस गरिरहेको देखिएको थियो ।

त्यस क्रमा वाहबको भाषा र प्रस्तुती अन्तराष्ट्रिय खेलका क्रममा आपमानजनक मानिन्छ ।

दुबै खेलाडीले आफ्नो गल्ती स्वीकार गरेका छन् र निर्णयविरुद्ध अपिल नगर्ने बताएका छन् ।

सम्बन्धित खबरहरु