इंग्लिस प्रिमियर लिग : चेल्सीको जित

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ९ चैत, २०७१

Hull city vs Chelseaएजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको चेल्सीले जित हात पारेको छ । चेल्सीले हलसिटीमाथि संघर्षपूर्ण ३–२ को जित निकालेको हो ।

चेल्सीको जितमा हाजार्ड, डिएगो कोष्टा र रेमीले गोल गरेका थिए । शीर्षस्थानको चेल्सीविरुद्ध हल सिटीले ३ मिनेट भित्र २ गोल गरेर दवाव दिएको थियो ।

जितसँग २९ खेलबाट ६७ अंक जोडेको चेल्सी शीर्षस्थानमा कायमै छ । हिजो राति नै भएको अर्को खेलमा म्यानचेष्टर युनाइटेड विजयी भयो ।

म्यानुले १० खेलाडीमा सिमित भएको लिभरपुललाई २–१ ले पराजित गरेको हो । म्यानचेष्टरका लागि दुवै गोल वान माटाले गरे ।

लिभरपुलका स्टेफेन जेराड खेलका दोस्रो हाफमा मैदान छिरेको ४८ सेकेण्डमै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लिभरपुल १० खेलाडीमा सिमित भएको हो ।

सम्बन्धित खबरहरु