राजधानीमै बढ्यो असुरक्षा, बिजुलीबजार धोबीखोलामा भु.पू सैनिकको शव फेला -भिडियो सहित

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ९ चैत, २०७१
राजधानीको बिजुलीबजार नजिक धोवीखोलामा हत्या गरेर फालिएको अवस्थामा नेपाली सेनाका अवकाश प्राप्त सुवेदार द्रोणबहादुर सेनको शव फेला परेको छ ।
अन्दाजी ४५ वर्षीय सेनको शव सोमबार बिहान खोलामा घोप्टो परेको अवस्थामा फेला परेको हो । उनको मृत्यु भएको हो वा हत्या गरेर फालिएको हो भन्ने यकिन हुन नसकेको महानगरीय प्रहरी वृत्त वानेश्वरले जनाएको छ ।तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालयअगाडि खोलामा सेनको शव घोप्टो परेको अवस्थामा फेला परेको हो । सेनाबाट अवकाशप्राप्त सेन सेक्युरिटी गार्डको काम गर्दै आएका थिए । प्रहरीले उनी कुन कम्पनीमा काम गर्थे भन्ने खुल्न नसकेको जनाएको छ ।

उनले आइतबार साँझ वानेश्वरको पाठशाला स्कुल नजिकैको एउटा पसलमा रक्सी सेवन गरेको परिवारबाट खुलेको महानगरीय प्रहरीको वानेश्वर वृत्तका इन्सपेक्टर मनोजित कुँवरले जानकारी दिए ।

प्रहरीका अनुसार दाङ घर भएका सेन बानेश्वर पञ्चकुमारी मन्दिर छेउमा रहेको हरी थापामगरको घरमा डेरा गरी बस्ने गरेका थिए । उनलाई आइतबार राति कसैले मारेर खोलामा फालेको हुनसक्ने आशंका गरिएको छ ।

हेर्नुहोस् भिडियो

https://www.youtube.com/watch?v=Kphrehu26r8&feature=youtu.be

सम्बन्धित खबरहरु