पत्याउनु हुन्छ काठमाडौमा एउटै फुलको मुल्य डेढ लाख

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ९ चैत, २०७१

जनबोली /काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी पुष्पमेलामा एउटै फुल डेढ लाख मुल्यका छन् । त्यही फुल चै सबैको आकर्षण केन्द्रविन्दु बनेको छ । शनिबारदेखि सुरु भएको मेलामा दुई दिनमै ३० हजार बढीले अवलोकन गरेका छन् । मेलामा १५ रुपैयाँदेखि डेढ लाख रुपैयाँसम्म पर्ने फूलहरुको कारोबार भइरहेको छ । डेढ लाख रुपैयाँ पर्ने ‘बन्साइ’ अवलोकनकर्ताको आकर्षणको केन्द्रमा देखिएको छ । मेलामा फूलको कारोबार उच्च भइरहेको छ । दुई दिनमा करिव २३ लाख रुपैयाँ बरारबरको फूल किनबेच भएको आयोजक फ्लोरिकल्चर एशोसियसनले जनाएको छ ।

Puspa-Mela-janaboli
मेलामा मौसमी फूल, आलंकारिक बोटबिरुवा, कट फ्लावर, ड्राइ फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउ विजन, कृषि औजार, उपकरण, प्याकेजिङका सामाग्री, सुक्ष्म तथा थोपा सिंचाइ प्रविधि र विषादी लगायतको प्रर्दशनी एवं बिक्री भइरहेको छ ।

सम्बन्धित खबरहरु