सिंगापुरका संस्थापक शासक ली क्वानको निधन

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ९ चैत, २०७१

LEE_singapurजनबोली / ९ चैत, सिंगापुर ।  सिंगापुरलाई सानो सहरबाट विश्वको व्यापारीक केन्द्रको रुपमा विकास गराउने शासक ली क्वानको ९१ बर्षको उमेरमा निधन भएको छ । ३१ बर्ष शासन गरेका उनलाई विश्वले आधुनिक सिंगापुर निर्माताको रुपमा चिन्छ ।

निमोनियाको कारण उनी केही सातादेखि अस्पतालमा थिए । उनको आज विहान निधन भएको हो । एक हप्तापछि उनको अन्त्येष्टी गरिने भएको छ ।

आफ्नो शासककालभर सिंगापुरमा वाक स्वतन्त्रतामा अंकुश लगाएको र अदालत प्रयोग गरी विरोधीलाई निशाना बनाएको भन्दै उनको आलोचना गरिन्छ ।

उनका छोरा प्रधानमन्त्री ली सेन लोङले टेलिभिजन सम्बोधनमार्फत वुवाप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

‘उनले हाम्रो स्वतन्त्रताको लागि लडे, देश बनाए र हामीलाई सिंगापुरबासी भन्नमा गर्व गर्नसक्ने बनाए । हामी यस्ता व्यक्ति विरलै भेट्छौं’, छोरा लोङले भनेका छन् ।

लीले बि्रटिस साम्राज्यबाट सिंगापुरलाई स्वतन्त्रता बनाउदै मलेसियाबाट छुटि्टएर राज्य बनाएका थिए । बि्रटिसबाट छुटि्टएर सन १९६३ मा मलेसियासँग गाभिएको सिंगापुर दुई बर्षपछि नै पुनः छुटि्टएर बेग्लै राज्य बनेको थियो ।

लीले गठन गरेको पिपुल्स एक्सन पार्टीले सिंगापुरमा सन् १९५९ देखि शासन गरेको थियो । ली सिंगापुरका प्रथम प्रधानमन्त्री हुन् ।

मलेसियाबाट छुटि्टएपछि उनले प्राकृतिक स्रोतबिनाको सिंगापुरलाई आर्थिकरुपमा समृद्ध बनाउदै लगे ।

‘त्यो बेला हामी हाम्रो छिमेकीझैं भएको भए, हामी बाँच्ने थिएनौं’, सन् २००७ मा न्यूयोर्क टाईम्ससँग कुरा गर्दै लीले आफ्नो शासनकाल स्मरण गरेका थिए,’हामीले अरुभन्दा फरक र अरुसँग नभएको काम गर्नुथियो ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७