आफ्नै छोरीको बन्चरो प्रहारबाट बाबुको मृत्यु, आमा घाइते

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ९ चैत, २०७१

जनबोली / बाग्लुङ । छोरीको बन्चरो प्रहारबाट बाग्लुङको तित्याङ–८ मा बाबुको मृत्यु भएको छ भने आमा घाइते भएकी छन् । ४० वर्षीया छोरी शर्मिला थापाले बन्चरो प्रहार गरी ८० वर्षीय बाबु पतिराम थापाको हत्या गरेकी हुन् । ७५ वर्षीया आमा जमुना भने गम्भीर घाइते छन् । घरायसी विवादका कारण छोरीले बाबु आमालाई बन्चरो प्रहार गरेको बुझिएको छ । अविवाहित शर्मिलाको मानसिक सन्तुलन ठीक नभएको बताइएको छ ।

bancharo hanai

सम्बन्धित खबरहरु

म जंगलको राजा : मेरै भयो यो हाल
  • शुक्रबार ९ असोज, २०७७