मुटु बाहिर निस्किएको शिशुलाई प्रविधिले बचाउन सकेन

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ९ चैत, २०७१

जनबोली / काठमाडौं । जन्मँदै छाती बाहिर मुटु निस्किएर जन्मिएका शिशुलाई कुनैपनि प्रविधिले बचाउन सकेन । काठमाडौंमा उच्च प्रविधिको प्रयोगबाट शल्यक्रिया गर्दा गर्दै सोमबार उनले प्राण त्याग गरे । काठमाडौंको बाँसबारीस्थित शहिद गंगालाल हृदयरोग केन्द्रमा शल्यक्रिया गर्ने क्रममा उनको ज्यान गएको हो । शरिर बाहिर धड्कीरहेको मुटुलाई शल्यक्रिया गरी भित्र राख्न चिकित्सकहरुले प्रयास गरेका थिए । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झापा बनियानी ४ की २२ वर्षीया श्रुति कार्की दाहालको कोखबाट मुटु बाहिर निस्किएको शिशु बालकको जन्म भएको थियो ।

heart-outside-body3

अनौठो शिशु जन्मिएको र धरानमा उपचार सम्भव नभएको भनेपछि काठमाडौं ल्याइएको थियो । उपचार खर्च सबै अस्पतालले व्यहोर्ने बताएको थियो । शिशुको मुटु बाहिरै भए पनि अरु सबै अवस्था सामान्य रहेको प्रतिष्ठानकी प्रसुति रोग विभाग प्रमुख डा. शैलजा क्षेत्री श्रेष्ठले बताएकी थिइन् । यस्तो घटना नेपालमै पहिलो भएको र विश्मै हालसम्म ९१ वटा मात्र यस्ता बच्चाको जन्म भएको उनले जानकारी दिइन् । ‘क्रोमोजोम डिस्अर्डर’का कारण यस्तो समस्या आउने बताउँदै उनले यसको उपचार एकदमै कम मात्र हुने गरेको बताएकी थिइन् । शिशुको मुटु शरीर बाहिरै थियो र मुटु सामान्य अवस्थामा चलिरहेको थियो । उनलाई श्रुतिका भिनाजु भिनाजु प्रकाश कार्कीले काठमाडौंमा उपचार गर्न ल्याएका थिए । प्रसुतिको क्रममा शल्यक्रिया गरिएकोले श्रुति भने धरानमै उपचाररत छिन् । श्रुतिका श्रीमान भने वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् ।

सम्बन्धित खबरहरु

एक्काइस फरार अभियुक्त पक्राउ
  • सोमबार १२ असोज, २०७७