राजस्व संकलन १६ प्रतिशतले वृद्धि

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ९ चैत, २०७१

 ird 2

जनबोली/ ९ चैत, काठमाडौं । आर्थिक वर्ष २०७१/०७२ फागुन मसान्तसम्मको राजस्व संकलनमा गत वर्षको सोही अवधिको तुलनामा करिव १६ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७१/०७२ को फागुन महिनासम्मको राजस्व संकलनको लक्ष्य रु. ९४ अर्व ९० करोड ६३ लाख रहेकोमा रु. ९१ अर्व ७१ करोड ४४ लाख ५ हजार संकलन भई लक्ष्यको तुलनामा ९७ प्रतिशतको प्रगति भएको आन्तरिक राजश्व विभागले जनाएको छ ।

शिर्षकगत रूपमा हेर्दा आयकर तर्फ रु. ४८ अर्व ४ करोड ९८ लाख ४९ हजार, मूल्य अभिवृद्धि कर रु. २४ अर्व ७६ करोड ९८ लाख २५ हजार र अन्तःशुल्क तर्फ रु. १८ अर्व २० करोड २३ लाख ६४ हजार संकलन भएको छ । सो रकम लक्ष्यको तुलनामा आयकर तर्फ ९७ प्रतिशत, मूल्यअभिवृद्धि कर तर्फ ९८ प्रतिशत र अन्तशुल्क तर्फ ९३ प्रतिशत हो । त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः रु. ३१ करोड १५ लाख ९८ हजार र रु. ३८ करोड ४ लाख ६९ हजार संकलन भएको छ ।

शिक्षा सेवा शुल्क तर्फ लक्ष्यको तुलनामा ९२ प्रतिशत र स्वास्थ्यसेवा कर तर्फ लक्ष्यको तुलनामा ११९ प्रतिशत संकलन भएको छ । गत वर्षको तुलनामा आयकर तर्फको वृद्धिदर १६ प्रतिशत, मूल्य अभिवृद्धि कर तर्फको वृद्धिदर १८ प्रतिशत, अन्तशुल्कतर्फ वृद्धिदर १२ प्रतिशत, स्वास्थ्य सेवा कर तर्फको वृद्धिदर ३६ प्रतिशत र शिक्षा सेवा शुल्क तर्फको वृद्धिदर ५ प्रतिशत रहेको जनाइएको छ ।

ird 3
बक्यौता बा“की राखेका करदाताहरुलाई नियमित रुपमा कारवाही गर्न आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले नियमित रुपमा काठमाडौं उपत्यका भित्रका सवै आन्तरिक राजस्व कार्यालयका प्रमुखहरुलाई निर्देशन दिँदै आएका थिए । २०६९/०७० सम्मको अवधिको कर निर्धारण २०७१ असार मसान्तसम्म भै सो उपर करदाताले चित्त नबुझाई अदालत वा अन्य कुनै निकायमा विचाराधीन रहेका कर तथा महसुल निर्धारण सम्बन्धी विषयमा करदातालाई कर फछ्र्र्यौट आयोग गठन भएको जानकारी गराइदिन राजश्व विभागले मातहतमा रहेका निकायलाई ताकेता गरिरहेको छ ।

महानिर्देशक शर्माले भने, विगतमा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रकरणमा छनौट भै परीक्षण तथा अनुसन्धान गर्दा नक्कली विजक प्रयोग गरी कर छली गरेको पुष्टि भई कर निर्धारण भएका विषय आयोगको कार्यक्षेत्र अन्तर्गत नपर्ने पनि स्पष्ट पारे । समग्र राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि विभागले सम्बनिधत निकायलाई जस्तो सुकै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

ird 1ird 3

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७