कोरियाली भाषा परीक्षा जेठ ३० र ३१ गते

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १० चैत, २०७१

map-south-korea-360x270-cb1352148298काठमाडौं । कोरियाली भाषा परीक्षा आगामी जेठ ३० र ३१ गते सञ्चालन हुने भएको छ । सन् २०१६ मा काम गर्न दक्षिण कोरिया जानेका लागि भाषा परीक्षा लिन लागिएको हो ।

यसका लागि वैशाख ३ देखि ६ गतेसम्म आवेदन फारम बुझाउने व्यवस्था मिलाइएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले सोमबार यो निर्णय गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।

यसपटक राजधानीबाहेक पोखराबाट पनि परीक्षा दिन पाइनेछ । ईपीएसबाट परीक्षा लिन थालेपछि पहिलोपटक राजधानीबाहिर परीक्षा दिन पाइने भएको हो । यो छैटौं भाषा परीक्षा हो । भाषा परीक्षाको नतिजा साउन १६ गते प्रकाशित हुनेछ ।

यसपटक काठमाडौं उपत्यकाका चार स्थान र बाहिर पाँच गरी कुल नौ स्थानबाट आवेदन फारम बुझाउन पाइनेछ ।

सम्बन्धित खबरहरु