औद्योगिक क्षेत्रभित्रका उद्योग थलिँदै, औद्योगिक क्षेत्रभित्र १३ घण्टा लोडसेडिङ

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १० चैत, २०७१

bulbकाठमाडौ । उद्योग सञ्चालन गर्न प्रयाप्त बिजुली नपाएपछि देशभर स्थापित औद्योगिक क्षेत्रभित्रका उद्योग थलिँदै गएका छन् । सरकारले नयाँ औद्योगिक क्षेत्र सञ्चालन गर्ने बताइरहेका बेला अहिले सञ्चालित उद्योग नै एउटा सिफ्टमा सीमित हुन पुगेका छन् ।

सामान्यतया उद्योगहरुमा तीन सिफ्टमा काम हुन्छ । तर, बाहिर ९ घण्टा लोडसेडिङ हुँदा औद्योगिक क्षेत्रभित्र भने १३ घण्टा लोडसेडिङ भइरहेको ब्यवसायीहरुले गुनासो गरेको कारोबार दैनिकमा खबर छ ।

हालसम्म मुलुकभर ११ वटा औद्योगिक क्षेत्र सञ्चालनमा छन्, जसमा २० अर्ब भन्दा बढी लगानी छ ।

औद्योगिक क्षेत्र महासंघका अध्यक्ष तिलप्रसाद भट्टराईले लोडसेडिङ्कै कारण उद्योगहरु बढी मारमा परेको बताए । ब्यवसायीका अनुसार डिजलबाट उद्योग चलाउँदा तेब्बर महंगो पर्छै ।

‘औद्योगिक क्षेत्रभित्र सुविधा पाइन्छ भनेर गइयो तर बाहिर भन्दा बढी लोडसेडिङ भएपछि हाम्रो प्रतिष्पर्धी क्षमता झनै कमजोर भएको छ,’ नेपाल प्लाष्टिक उत्पादनसँघका अध्यक्ष शरद शर्मा भन्छन्, ‘बन्द हड्ताल घटे पनि लोडसेडिङ्का कारण क्षमताको ३०/३५ प्रतिशतमा मात्रै सीमित हुनुपरेको छ ।’

बिजुलीसँगै कमजोर पर्वाधार समस्याका रुपमा रहेको ब्यवासायीको भनाई छ । सस्तो भाडादर भए पनि औद्योगिक क्षेत्रपरिसरमा बिजुली, पानी, ढल, बाटोका समस्या बढी छन् ।

सम्बन्धित खबरहरु