समर्थकले विश्वकप टसको सिक्का र बल किन्न पाउने

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १० चैत, २०७१

Auction-ICCक्रिकेट समर्थकहरुले विश्वकपका खेलका क्रममा टसका लागि प्रयोग भएको सिक्का किन्न पाउने भएका छन् ।

आन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले विश्वकप २०१५ को ४९ खेलमा टसका लागि प्रयोग भएका सिक्काहरु लिलामी गर्ने भएको हो ।

२०११ को विश्वकपमा पनि आईसीसीले टसका लागि प्रयोग भएको शिक्काहरु लिलामी गरेको थियो । आईसीसीका अनुसार हरेक सिक्कामा खेल र मिति उल्लेख गरिएको हुनेछ । सिक्का लिलामीको व्यवस्था निर्माण कम्पनी एसई प्रोडक्ट्सले मिलाएको छ ।

आईसीसीले विश्वकपका खेलका स्कोर कार्ड पनि लिलामी गर्ने भएको छ । आधिकारिक स्कोर कोर्डमा म्याच अफिसियलको हस्ताक्षर हुनेछ ।

यसका साथै क्वाटरफाइनल, सेमिफाइनल र फाइनलमा प्रयोग गरिने बलहरु पनि लिलामी गर्ने निर्णय भएको आईसीसीले जनाएको छ ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७