कर्मचारीतन्त्रमा कडा मापदण्ड, कसरी हुँदैछ सरुवा

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १० चैत, २०७१

lalbabuकाठमाडौ । सामान्य प्रशासन मन्त्रालयले दुर्गमका सबै कार्यालयहरुमा पद रिक्त नहुने, दुर्गम र सुगममा सबै कर्मचारीलाई सन्तुलन मिलाउने गरी नयाँ मापदण्ड तय गरेको छ ।

यसअघि नियममा भएका प्रावधान समेत कार्यान्वयन नभएको सन्दर्भमा मन्त्रालयले त्यसमा कडाई गर्न लागेको हो ।

व्यवस्थापिका संसद अन्तर्गत राज्य व्यवस्था समितिको सोमबारको बैठकमा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मन्त्रालयको मापदण्डबारे जानकारी गराए ।

सोही बैठकमा सहभागी सभासदहरुले ट्रेड युनियनका मनोमानीले कर्मचारीतन्त्र ध्वस्त भएको भन्दै खारेज गर्न माग समेत गरेका थिए ।

तर, बहुमत सभासदहरुले भने त्यसलाई व्यवस्थित गर्नुपर्ने, समयमै चुनाव गरी संस्थागत प्रणालीमा ढाल्नुपर्ने भन्ने सुझाव दिएका थिए ।

बैठकमा युनियन र कर्मचारीतन्त्रमा देखिएका समस्या राख्दै मन्त्री पण्डितले राजनीतिक दवावमा नभै प्रणालीगत रुपमा काम गर्न मापदण्डलाई कडाई गर्न लागेको जानकारी दिए । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु