चिट्ठा गिारोहका ठगी पक्राउ

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १० चैत, २०७१

chitthaकाठमाडौं । चिट्ठा परेको भन्दै झुक्याएर नेपालीलाई ठग्दै आएको गिरोह पक्राउ परेको छ । महानगरीय अपराध महाशाखाले भारतीय तथा पाकिस्तानीसहित चार जनालाई आइतबार पक्राउ गरेको हो ।

पाकिस्तानी नागरिक अहमद नइम,इजजा अहमद,भारतीय नागरिक सुमित शर्मा र नेपाली युवती लीला तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले १५ भन्दा धेरै नेपालीलाई ठगी गरेको अनुसन्धानमा खुलेको छ ।

उनीहरुले विभिन्न व्यक्तिलाई एनसेल नम्बरबाट फोन गरी ५० लाख चिट्ठा परेको र त्यसका लागि करबापतको रकम पठाउन भन्दै पैसा मागेर ठगी गर्दै आएका थिए । लीला तामाङको नाममा आइएमइ गर्न लगाई उनीहरुले पैसा झिक्ने गरेका थिए ।

त्यसबापत तामाङलाई एकपटकको हजार रुपैयाँ दिँदै आइरहेका थिए ।

महाशाखाका डिएसपी वसन्त रजौरेका अनुसार उनीहरुले महोत्तरीका राजनन्दन यादवसँग ८० हजार तथा पाल्पाका तारन थापासँग ४२ हजार रुपैयाँ ठगी गरेका थिए । आजको नयाँ पत्रिकामा समाचार छ ।

सम्बन्धित खबरहरु

मृत श्रीमतीको लाशसँग ६ रात !
  • मङ्गलबार ६ असोज, २०७७
तयार रहनुहोस् : हुने भयो परीक्षा
  • मङ्गलबार ६ असोज, २०७७