विश्वभरिका सांसदहरूको पहिलो बैठक शुक्रबार नेपालमा हुने

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १० चैत, २०७१

Dilli-Bdr-Chaudharyकाठमाडौं । बालअधिकारका विभिन्न विषयमा सहकार्य गरी अघि बढ्न विश्वभरिका सांसदहरूको पहिलो बैठक शुक्रबार नेपालमा हुने भएको छ ।

विश्वभरिका सांसदहरू सहभागी पार्लियामेन्टरियन्स् विदाउट बोर्डर अभियानको संयोजकत्वमा उक्त बैठक आयोजना हुने भएको हो।

चैत १३ र १४ गते काठमाडौंमा हुने बैठकले विश्वभरिका बालबालिकाका अधिकारका लागि सहकार्यका क्षेत्रहरू स्पष्ट गर्ने नेपालबाट कार्यक्रमको संयोजन गरिरहेका नेपाली कांग्रेसका सभासद् डिल्ली चौधरीले जानकारी दिए । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु