आगलागिबाट दर्जन घर ध्वस्त, क्षतिको विवरण अपुष्ट

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १० चैत, २०७१

Aaglagiजनबोली १० चैत, ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाममा गए राति आगलागी भएको छ । आगलागिबाट दर्जनौँ घर नष्ट भएको छ भने करोडौँको क्षति भएको छ । क्षतिको विवरण संकलनको काम भैरहेको छ । सदरमुकाम फुङलिङको पूर्बेली होटलबाट आगलागी सुरु भएको भनिए पनि यकिन हुन सकेको छैन ।

बेलुकी साढे ७ बजेदेखि शुरु भएको आगलागीले ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारको तोक्मेडाँडा क्षेत्रका झण्डै चार दर्जन घर ध्वस्त भएका छन ।

अहिलेसम्म ४५ वटा घर जलेर नष्ट भएको पुष्टी भएको छ । घर जलेपछि दर्जनौ परिवारको विचल्ली भएको छ । राती साढे १० बजेतिर मात्र आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट कति क्षति भयो भन्ने विवरण आएको छैन ।

आगलागीले तोक्मे क्षेत्रमा रहेका तीनवटा सरकारी कार्यालय लगायत आधा दर्जन गैर सरकारी र सयौं पसल तथा सामाजिक संघसंस्थाका कार्यालय समेत जलेका छन ।

आगोले तोक्मेडाँडाको बजार लाग्ने क्षेत्रदेखि दायाँबायाँ रहेका घर ध्वस्त बनाउँदै नरेन्द्र गुरुङको घर आसपास रहेका सबै घर जलाएको छ । तिव्र गतिमा हावा चलेको र पानीको अभावका कारण आगो नियन्त्रणमा लिन कठिनाई भएको थियो ।

आगो नियन्त्रण गर्न नरेन्द्र गुरुङको घर भत्काई अघि बढ्न नदिने प्रयास गर्दै गर्दा आगो तोक्मेडाँडा क्षेत्रतर्फ बढेको थियो ।

दमकल नभएको उक्त जिल्लामा आगो नियन्त्रणमा लिन डोजर लगाएर घर हटरा भत्काईएको थियो । आगलागीले जिल्ला विकास समितिको कार्यालयको पूरानो भवन, उर्जा तथा वातावरण शाखाको कार्यालय तथा स्थानीय शान्ति समितिको कार्यालय जलेका छन ।

सम्बन्धित खबरहरु