आज २०७१ चैत १० गते मंगलबारको राशिफल

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १० चैत, २०७१
Janaboli Rashifalवि.सं.२०७१ साल चैत १० गते। मंगलबार।
इश्वी सन् २०१५ मार्च २४ तारिख। नेपाल संवत् ११३५ चौलाथ्व।
कीलक संवत्सर। उत्तरायण। वसन्त ऋतु। चैत्र शुक्लपक्ष।
तिथि– चतुर्थी प्रातः ७:५३ बजेदेखि पञ्चमी।
नक्षत्र– भरणी, प्रातः ७:२० बजेदेखि कृत्तिका।
योग– विष्कम्भ, साँझ ७:५६ बजेउप्रान्त प्रीति।
करण– भद्रा, बिहान ७:५३ बजेदेखि वव, साँझ ७:१३ बजेपछि वालव।
आनन्दादिमा मुसल योग।
चन्द्रराशि– मेष, दिउँसो १:१० बजेपछि वृष।
काठमाडौंमा सूर्योदय– ६:०६ बजे, सूर्यास्त– ६:१६ बजे र दिनमान ३० घडी २५ पला।
पर्व– मंगलचौथी व्रत।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। स्वादिष्ट भोजनको आनन्द पाइएला। कामबाट फुर्सद मिल्नेछ। मध्याह्नपछि निर्णायक क्षमता सबल बन्नेछ। बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। मानसम्मान पनि पाइनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
काममा लगानी बढाउने समय छ। केही मात्रामा खर्च बढ्नेछ। विशेष सोख परिपूर्तिमा खर्च बढ्नेछ। चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ। छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ। मध्याह्नपछि आत्मीयजनसँग भेटघाट हुनेछ। कामबाट फुर्सद मिल्नेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। स्वास्थ्य अलि कमजोर रहला। रोकिएका काम बन्ने र नयाँ काम पाइने योग छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
प्रशस्त फाइदा हुनेछ। नयाँ काम सुरु गर्ने समय छ। उठ्नुपर्ने रकम हातलागी हुनुका साथै मनग्ये आम्दानी हुनेछ। श्रमको समुचित मूल्यांकन हुनेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। दिउँसो १ः१० बजेपछि अलि खर्च बढ्ने देखिन्छ। लगानी गरेपछि मात्र प्रतिफल पाइनेछ। अरूको भरण–पोषणमा खर्च होला। तापनि, दिगो फाइदा हुने काममा लगानी बढाउने समय छ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। अपराह्नबाट प्रशस्त लाभ मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा प्रशस्त फाइदा हुने समय छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
सानातिना काममा महत्वपूर्ण समय बित्नेछ। अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला। ठूलो सहयोगको आशा देखाउनेहरूको भर पर्दा धोका हुन सक्छ। मध्याह्नपछि स्थितिमा सुधार आई रोकिएका काम बन्नेछन्। सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। सहयोगीहरूले साथ दिनेछन्। कामबाट राम्रै प्रतिष्ठा पाइने योग छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
सामान्य काममै अल्झनुपर्ला। स्वास्थ्य पनि कमजोर रहनेछ। अलि बाध्यताका काममा जुट्नुपर्ने देखिन्छ। सहयोगीहरूले भने राम्रै साथ दिनेछन्। प्रयत्न गर्दा अपराह्नपछि केही जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक तथा परोपकारजन्य काम बन्नेछन्। खर्चको मात्रा बढ्नेछ। सहयोगीहरूको साथ दिए पनि आजको काम अधुरै रहला। प्रयत्न गर्दा आंशिक सफलता मिल्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
अलि बाध्यताका काममा जुट्नुपर्ला। रमाइलो भ्रमण गर्ने मौका छ। व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ। यात्रामा पनि केही समस्या आउलान्। आम्दानीको अनुपातमा खर्च केही बढी गर्नुपर्ला। अपराह्नबाट विगतका समस्या बल्झने र केही चुनौती आइलाग्ने देखिन्छ। स्वास्थ्यमा कमजोरी महसुस हुनेछ। उपचारमा खर्च होला। इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ। वैदेशिक यात्रामा पनि फाइदा होला। आफ्नो अधिकार संरक्षण गर्न जुट्नुपर्ने समय छ। शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला। अपराह्नतिर व्यापार–व्यवसायमा विशेष लाभ उठाउन सकिनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आतिथ्यपूर्ण सम्मान समेत पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो बन्ने समय छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
स्वास्थ्य कमजोर रहनाले काममा पनि केही बाधा होला। तापनि दिन उत्साहपूर्ण रहनेछ। सुखद समाचारले भविष्यप्रति आशा जाग्नेछ। गरेका काममा सामान्य फाइदा पनि हुनेछ। पढाइलेखाइमा समय दिन नसकिए पनि बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। अपराह्नतिर केही बाधा र खर्च भए पनि लगनशीलताले कामहरू बन्नेछन्। प्रतिस्पर्धा गरेरै फाइदा उठाउन सकिनेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn :
परिवारजनसँग केही असमझदारी बढ्नेछ। भूमि तथा मातृधनबाट सामान्य लाभ होला। विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा होला। मातापिताको सहयोग र कृषि–चौपायाबाट लाभ मिल्नेछ। अपराह्नपछि केही सुखद समाचार सुन्न पाइनेछ। तर, स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ। पढाइलेखाइमा त्यत्ति ध्यान दिन नसकिएला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। आम्दानी प्रशस्तै बढ्नेछ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। अपराह्नपछि भूमि तथा मातृधनबाट सामान्य लाभ होला। विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। तर पनि पारिवारिक असमझदारीले केही तनाव बढ्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राख्नुमै बुद्धिमानी होला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। मान–सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ। राम्रै फाइदाको योग छ। अपराह्न कृषिकर्म र व्यावसायमा केही चुनौती सामना गर्नपर्ला। नयाँ काम थाल्ने समय छ। प्रशस्त धन आर्जन गर्ने मौका छ। परिवारजनका लागि धन खर्च हुन सक्छ। सहयोगीले भने साथ छोड्न सक्छन्, सचेत रहनुहोला।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७