केन्द्रीय सदस्यहरुको कार्यबिभाजन गर्न एमालेकोे बैठक आज बस्दै

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १० चैत, २०७१

नेपालको असन्तुष्टी

CPN_UML_officeजनबोली १० चैत काठमाडौं । केन्द्रीय सदस्यहरुको कार्यबिभाजन गर्न नेकपा एमालेको बैठक आज पनि बस्ने भएको छ । हिजो दिनभर बसेको बैठकले केन्द्रीय सदस्यहरुको कार्यबिभाजन गर्न नसकेपछि आज पुनः बैठक बस्न लागेको हो ।

कार्य बिभाजनका सम्बन्धमा हिजो बसेको सचिवालय बैठकले खाका तयार गरेको र आज त्यसै अनुरुप सदस्यहरुको कार्य बिभाजन गरिने सचिव प्रदिप ज्ञवालीले जानकारी दिए ।

दिउँसो २ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने बैठकमा कार्यबिभाजन तथा अन्य समसामयिक बिषयमा समेत छलफल हुने भएको छ ।

पार्टीका भ्रातृ संगठन युवा संघमा लामोसमय देखि देखिएको विवाद समाधानका लागिसमेत पहल हुने एक नेताले जानकारी दिए । नेता माधबकुमार नेपालले भने पार्टी बैठक कसैको घरमा बस्न नहुने अडान राख्दै आएका छन् ।

कार्यविभाजनमा आफुहरुलाई पाखा लगाउन खोजिएको भन्दै नेपाल पक्षले विरोघ गरिरहेको छ । अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपाल पक्षका युवा संघका कार्यकर्ताहरु छुट्टछुट्टै रुपमा सभा र सम्मेलनमा जुटेपछि युवा संघको विवाद छताछुल्ल भएको हो ।

सम्बन्धित खबरहरु