विप्लव माओवादीको १८ गतेको नेपाल बन्द फिर्ता (बक्तब्य सहित)

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १० चैत, २०७१

Biplav

जनबोली/ १० चैत, काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीले यहि चैत्र १८ गते गर्ने भनिएको नेपाल बन्दका साथै सबै कार्यक्रम फिर्ता लिएको छ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीका पोलिटब्यूरो सदस्य ईश्वरी दाहाल (असारे काका), पूर्व मन्त्री एवं पोलिटब्यूरो सदस्य पदम राई, नेता प्रेम दर्नालसहित १५ जना हिजो साझ रिहा भएपछी माओवादीले १८ गतेका लागि घोषणा गरेको नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको हो ।

शुक्रबार प्रहरीले गिरफ्तार गरेको पोलिटब्यूरो सदस्यसहित १५ जना कार्यकर्ताहरु रिहा भएपछि पार्टीले आन्दोलनका कार्यक्रम फिर्ता लिएको जनाएको छ । लगानी वोर्डका कार्यकारी निर्देशक राधेश पन्तको घर घेराउ गर्न पुगेका उनीहरुलाई प्रहरीले समातेको थियो ।

पार्टी महासचिब नेत्र विक्रम चन्द (बिप्लव)ले प्रेस बक्तब्य जारी गरि बन्दको कार्यक्रम फिर्ता लिएको जानकारी गराएका छन् । उनले देशमा बढिरहेको भ्रष्ट्राचार, महंगी, कालाबजारी र राष्ट्रघातका विरुद्ध निरन्तर आन्दोलन जारी राख्ने समेत उल्लेख गरेका छन् ।
यस्तो छ बक्तब्य

Biplab Maobadi

सम्बन्धित खबरहरु