दलहरुबीच तत्काल सहमति नजुटे प्रकृयाबाट संविधान बन्ने : एमाले सचिव विष्ट

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १० चैत, २०७१

Gokarna-Bistaजनबोली १० चैत, बागलुङ । प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले गरेको पत्रकार सम्मेलनमा एमाले सचिव विष्टले सबैको धारणा अनुसारको र जनतालाई मान्य हुने संविधान निर्माण गर्ने बताएका छन्।

मुलुकलाईं प्रतिकुल प्रभाव नपारी संविधान निर्माण गर्नु अहिलेको प्रमुख एजेण्डा भएको बताउँदै बिष्टले पार्टीको स्वार्थलाई त्यागेर भए पनि जनताको लागी संविधान ल्याउन लचकता अपनाउने भन्दै बागलुङ क्षेत्र नम्बर १ की उम्मेदवार मनकुमारी केसीलाई जिताउनका लागी सबैसंग आग्रह गरेका छन् ।

कार्यक्रमको बीचमा बाल्दै विष्टले दलहरुबीच तत्काल सहमति नजुटे प्रकृयाबाट संविधान बन्ने भन्दै सहमतिको नाममा मुलुकलाई गतिरोधको अवस्थामा राख्न नसकिने उल्लेख गरे ।

सहमति जुट्न नसकेको अवस्थामा बहुमतिय प्रत्रियाबाट ननै भएपनि थालनि गर्नुपर्ने बताउँदै एमाहोवादी सहितको ३० दलीय मोर्चालाई सडक सङ्घर्ष त्यागी वार्ता र सम्वादमा उदार भएर लाग्न समेत आग्रह गरेका छन् ।

विष्ट आगामी चैत २८ गते बागलुङ क्षेत्र नं १ मा हुने संविधान सभा सदस्य उपनिर्वाचनकालागि केन्द्रीयस्तरको निर्वाचन परिचालन समितिको संयोजकको रुपमा बागलुङमा खटिएका छन् ।

कार्यक्रम प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा धौलागिरी ईन्चार्ज गणेश पौडेलको अध्यक्षता र नेकपा एमाले क्षेत्र नम्बर १ को उपनिर्वाचनका प्रचार प्रसार प्रमुख रामबहादुर जिसिको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित खबरहरु