काठमाडौ । संघीय समाजवादी फोरमका अध्यक्ष एवं स्वास्थ्य तथा उपप्रधानमन्त्री उपेन्द्र यादवको उमेर १७ बर्ष भएको खुल्न आएको छ । उनको नागरिकता सार्वजनिक भएसँगै नागरिकतामा उमेर १७ बर्ष उल्लेख गरेको भेटिएको हो । भगतपुर सप्तरी जन्मिएका भनिएका यादव स्थायी बासस्थान सुनसरी भएकाले उनले सुनसरीबाट नागरिकता लिएका छन् ।

नागरिकतामा उमेरको ठाँउमा साल, महिना, गते नभएर १७ बर्ष मात्र लेखिएको छ । यसले उनको उमेर अब पनि १७ बर्ष मात्र हो की कहिलेसम्म १७ बर्ष भन्ने गम्भिर प्रश्न उठेको छ । पत्रकार रामकुमार एलनले उक्त नागरिकताको फोटोलाई आफ्नो सामाजिक सञ्जालमा पोष्ट गर्दै लेखेका छन् । उपेन्द्र यादव भन्दा पनि दीनानाथ लम्साल नामधारी सरकारी जागिरे बाहुन चिन्न मन छ ।

बधाइ छ, म भन्दा १८ वर्ष कान्छो जो कानूनले बालिक भन्छ उनैलाई तराईका जनताले पाएका छन् । देशको उपप्रधानमन्त्रीपनि बने । अब देश युवाले हाँक्ने हो जादवजी । उनले ब्याङ्ग्यात्मक शब्द प्रयोग गरेका छन् । उपेन्द्र यादबको नागरिकतामा प्रकाशकीय अधिकृत दीनानाथ लम्सालले हस्ताक्षर गरेका छन् । बारम्बार सांसद र मन्त्री बनिसकेका यादवको नै नागरिकता यस्तो हुनु रहस्यमय छ । यसले के अर्थ दिन्छ ? छुट्याउने जिम्मा पाठककै ।

सम्बन्धित खबरहरु