प्रम कोईरालाद्वारा अग्नी पीडितलाई तत्काल राहतको व्यवस्थापन गर्न निर्देशन

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १० चैत, २०७१

aayo-5जनबोली १० चैत काठमाडौं । स्थानीय पूर्वेली होटेलबाट ग्यास चुहावट भई सुरु भएको आगलागीबाट ३५ घर जलेर खरानी भएको फुङलिङ बजारवासीलाई प्रधानमन्त्री सुशील कोइरालाले क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई राहत र बसोवासको व्यवस्था छिटो मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएका छन् ।प्रधानमन्त्री कोइरालाले अग्नि पीडितहरुप्रति सहानुभूति प्रकट गर्दै  दुःखको यस घडीमा धैर्य धारण गर्न पनि आग्रह गरेका छन ।aago-4

तीन सरकारी कार्यालय, आधा दर्जन गैरसरकारी कार्यालय, दर्जनौं घर र पसल नष्ट भएका छन् । राति करीव साढे ९ बजे मात्र आगो नियन्त्रणमा आएको थियो । जिल्लामा दमकल नभएकाले आगो नियन्त्रणमा लिन एक्स्काभेटर र डोजर लगाएर घरटहरा भत्काइएको थियो । आगोले घर खरानी भएपछि स्थानीयबासीको बिचिल्ली भएको छ ।aago-3

प्रमले एक विज्ञप्ति प्रकाशित गरेर पीडितहरुलाई तत्काल राहत, बसोबास र पुनःस्थापनाका कार्यक्रम तुरुन्त आरम्भ गर्न निर्देशन दिएका हुन् । विज्ञप्तिमा उच्च मनोवलका साथ राहत र पुनस्थापना कार्यमा जुट्न स्थानीय प्रशासन, सुरक्षा निकाय, सबै राजनीतिक दलका स्थानीय कार्यकर्ता एवं सामाजिक संघसंस्थाहरुलाई अपिल गरेका छन ।

aago-1

aago-2

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७