विश्वकप क्रिकेट : न्युजील्याण्ड फाईनलमा, दक्षिण अफ्रिका घर फर्कियो

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १० चैत, २०७१

ICC WC New vs RSAजनबोली/ १० चैत, काठमाडौं । विश्वकप क्रिकेट २०१५ मा न्युजील्याण्ड फाइनलमा प्रवेश गरेको छ । अकल्याण्डमा भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टोली न्युजील्याण्डले  दक्षिण अफ्रिकाले लाई ४ विकेटले हराउदै फाइनलमा प्रवेश गरेको हो । बर्षाले खेल प्रभावित गरेपछि पहिले ब्याटिङ्ग गरेको अफ्रिकाले ४३ ओभरमा २ सय ९८ रनको चुनौती पेश गर्दै न्यूजिल्याण्डलाई ब्याटिङका लागि निमन्त्रणा दिएको थियो ।

टस जितेर दक्षिण अफ्रिकाले ब्याटिङ रोजेको खेलमा ३७ ओभरको खेल सकिएपछि भारी वर्षा भएको थियो । वर्षाले एक घण्टाभन्दा बढी स्थगित भएपछि खेल ४३ ओभरमा घटाइएको थियो । ४३ ओभरमा दक्षिण अफ्रिकाले ५ विकेट गुमाएर २ सय ८१ रन जोड्यो ।

उसका लागि फाफ डु प्लेसिसले ८२, एबी डे भिल्लियर्सले नटआउट ६५, डेभिड मिल्नरले ४९, रिले रोसोले ३९ रन जोडे । ओपनर हासिम हम्ला १० र क्वान्टन डि कोक १४ रनमा आउट भए ।

बलिङतर्फ न्युजील्याण्डका कोरे एन्डरसनले ३ तथा ट्रेन्ट बोल्टले २ विकेट लिए । विश्वकपमा अहिलेसम्म फाइनल पुग्न नसकेको न्युजिल्याण्डले इतिहास रचेको छ ।

सम्बन्धित खबरहरु